आजको मौसम: सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना
हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, विहार आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ । प्रदेश १, बागमती र गण्डकी प्रदेश लगायत देशका पहाडी भू–भागमा आज पनि आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बाँकी भू–भागमा आंशिक बदली रहने छ ।
प्रदेश १, बागमती र गण्डकीका केही स्थानहरूमा र बाँकी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ तथा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना पनि रहेको मौसमविद्ले जानकारी दिएका छन् ।
अहिले बिहान देशमा आंशिकदेखि सामान्य बदली रही बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज राति पनि दिउँसोको जस्तै मौसमी प्रणाली रहने महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।
१५ जेठ २०७९, आइतवार ०८:१७ बजे प्रकाशित












