गेटा मेडिकल कलेजको नाममा अनावश्यक भ्रम फैलाइयो : डा. आरजु राणा

नेपाली काँग्रेसकी केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले गेटा मेडिकल कलेजका बिषयमा अनावश्यक भ्रम फैलाइएको बताएकी छन् ।

गेटा मेडिकल कलेजका बिषयमा अनावश्यक टिका टिप्पणी र आन्दोलन प्रति अचम्म लागेको बताउदै उनले १/२ हप्तामा समिति गठन गरी तीन सय शैयाको अस्पाल खोल्ने तयारी भईरहेको बताइन् ।

गत चैत ४ गते तीन सय शैयाको अस्पताल सञ्चालन गर्ने निर्णय भएको स्मरण गराउदैँ राणाले जसको लागि आगामी आर्थिक वर्षमा वजेट बिनियोजन गरिने समेत उनले बताइन् । स्थानीय तह निर्वाचन आचारसंहिताका कारण अस्पताल सञ्चालनमा ढिलाई भएको समेत उनको भनाई छ ।

मेडिकल कलेज सञ्चालन गर्न नेपाल सरकारको नियम कानुन अनुसार तीन वर्ष अस्पताल चलाई सकेपछि मात्र कलेज सञ्चालन गर्न पाईने नियम रहेको भिडियो सन्देश मार्फत डा. राणाले प्रष्ट पारेकी छन् ।

 


१४ जेठ २०७९, शनिवार १०:०८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु