बढ्यो सुन र चाँदीको मुल्य
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा सुनको मुल्य प्रतितोला २ सय रुपैयाँले बढेको हो।
यससँगै छापावाल सुनको मुल्य प्रतितोला ९८ हजार पुगेको छ। तेजावी सुनको मुल्य पनि ९७ हजार ५ सय रुपैयाँ पुगेको छ।
शुक्रबार चाँदीको मुल्य पनि प्रतितोला १० रुपैयाँले बढेको छ। चाँदी प्रतितोला १२८० रुपैयाँमा कारोबार भइरहेको छ।
१३ जेठ २०७९, शुक्रवार १२:३५ बजे प्रकाशित














