सुनचाँदीको मूल्य बढ्यो

मंगलबार नेपाली बजारमा सुनचाँदी दुवैको मूल्य बढेको छ । आइतबार प्रतितोला ९६ हजार ५०० रुपैंयामा कारोबार भएको सुनको मूल्य तोलामा २०० रुपैंयाले बढेर प्रतितोला ९६ हजार ७०० रुपैंयामा कारोबार भएको सुनचाँदी व्यवसाय महासंघले जनाएको छ । यस्तै तेजावी सुनको मूल्य ९६ हजार २०० रुपैंया रहेको छ ।

चाँदीको मूल्य भने तोलामा २० रुपैंयाले बढेर प्रतितोला १ हजार २६० रुपैंयामा कारोबार हुने महासंघले जनाएको छ । आइतबार चाँदीको मूल्य प्रतितोला १ हजार २४० रुपैंया रहेको थियो ।


३ जेठ २०७९, मंगलवार ११:४८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु