कैलालीमा पहिलो महिला वडा अध्यक्ष
स्थानीय तहको निर्वाचनमा कैलालीमा पहिलो महिला वडा अध्यक्ष निर्वाचित हुनु भएको छ । नागरिक उन्मुक्ति पार्टीबाट जोशीपुर गाउँपालिका–३ को वडा अध्यक्षमा रेणुकुमारी चौधरीले आफ्नो प्यानलसहित निर्वाचित हुनु भएको हो ।
उहाँ कैलालीमा यस पटक वडा अध्यक्षमा निर्वाचित पहिलो महिला भएकी छन् । उनले ६१५ मत प्राप्त गरेकी हुन् । नेपाली काङ्ग्रेसका उम्मेदवार किशोरकुमार कठरियालाई २२ मतले पराजित गरेर चौधरी वडा अध्यक्षमा निर्वाचित हुनु भएको हो । पराजित कठरियाले ५९३ मत प्राप्त गरे ।
खुला सदस्यमा फूलमति डङ्गौरा, दलित महिला सदस्यमा शितल श्रेष्ठ विक, खुल्ला सदस्यमा राजेश चौधरी र ज्ञानुप्रसाद चौधरी विजयी भएका छन् ।
३ जेठ २०७९, मंगलवार ११:०२ बजे प्रकाशित












