सुनको मूल्य आज ६ सयले बढ्यो
सुनचाँदी बजारमा आइतबार छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार ६०० तोकिएको छ। अघिल्लो दिन प्रतितोला ९८ हजारमा कारोबार भएको पहेँलो धातुको मूल्य आज ६०० ले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार १०० छ। यसको मूल्य अघिल्लो दिन प्रतितोला ९७ हजार ५०० थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला पाँचले बढेर एक हजार २८५ पुगेको महासङ्घले जनाएको छ।
२५ वैशाख २०७९, आइतवार ११:५२ बजे प्रकाशित































