punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुत्केरीलाई ३ हजार भत्ता दिने राप्रपाको घोषणा

Chaupati
safha napa

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले सुत्केरीलाई मासिक ३ हजारका दरले तीन महिनासम्म भत्ता दिने घोषणा गरेको छ । मंगलबार घोषणापत्र सार्वजनिक गर्दै राप्रपाले यस्तो बताएको हो । ‘प्रत्येक वडामा प्रसूती सेवा तथा निम्न आय भएका हरेक सुत्केरीलाई तीन महिनासम्म ३ हजार मासिक भत्ता दिइनेछ’, राप्रपाको घोषणापत्रमा भनिएको छ ।

स्थानीय महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन भत्ता, क्यान्सर मिर्गौला तथा मेरुदण्ड रोगबाट पीडित स्थानीय नागरिकलाई मासिक स्वास्थ्य भत्ता, प्रत्येक किशोरीलाई पाठेघर क्यान्सर विरुद्धको खोप, प्रत्येक स्थानीय तहमा न्युनतम एक सुलभ औषधि पसलको व्यवस्था गर्ने पनि घोषणापत्रमा उल्लेख छ ।


७ वैशाख २०७९, बुधवार १५:२८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु