punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

तराईमा बढ्यो गर्मी, ३ दिनसम्म तातो हावा चल्ने

Chaupati
safha napa

देशभर तापक्रम बढ्ने क्रममा रहेकाले सतर्कता अपनाउन मौसमविदले सुझाव दिएका छन् । खासगरी तराई मधेसका जिल्लाहरुमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेकाले तातो हावा चल्ने र यसले स्वास्थ्यमा प्रतिकूल असर पुर्याउने विज्ञहरुको भनाइ छ ।

मौसमविदहरुका अनुसार लुम्बिनी प्रदेशसहित पश्चिम तराईका जिल्लामा वैशाख ५, ६ र ७ गते तातो हावा चल्ने छ । जल तथा मौसम विज्ञान विभागको रेकर्ड अनुसार हिजो देशका सात स्थानमा अधिकतम तापक्रम ४० डिग्रीभन्दा माथि पुगेको थियो । मौसमविद राजु प्रधानाङ्गका अनुसार हिजो भैरहवाको अधिकतम तापक्रम ४०.४ डिग्री सेल्सियस पुगेको थियो ।

गर्मी बढी हुँदा तातो हावा चल्ने र लु लाग्ने सम्भावना बढी हुन्छ । गर्मीको बेला सकेसम्म घर बाहिर ननिस्किने र वृद्धवृद्धा, बालबालिका, गर्भवती तथा दीर्घ रोगीहरुलाई विशेष ख्याल गर्नुपर्ने विज्ञहरु बताउँछन् ।

 


५ वैशाख २०७९, सोमवार १०:३० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु