punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

धनचौरीमा रहेको झोलुङ्गे पुलमा राष्ट्रिय झण्डा राखियो

Chaupati
safha napa

कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ९ र धनगढी उपमहानगरपालिका १७ मा रहेको धनचौरी पुलमा नेपालको राष्ट्रिय झण्डा राखिएको छ। धनचौरी समाज विकास समन्वय मञ्चका स्थानीय युवाहरू मिलेर राष्ट्रिय झण्डा राखेका हुन्। झण्डाको ज्येष्ठ नागरिक हिरालाल बोहराले एक कार्यक्रमका बिच उद्घाटन गरेका छन् ।

मञ्चको कोष र बचत रकमबाट सङ्कलित भएको जम्मा २६ हजार ५ सय ५ बाट राष्ट्रिय झण्डा गाडिएको धनचौरी समाज विकास समन्वय मञ्चका अध्यक्ष चक्र बहादुर चन्दले जानकारी दिए ।

यसबाट आन्तरिक तथा बाह्य पर्यटकको केन्द्र बन्ने विश्वास लिएको उनले बताए। उनले अगामी दिनमा फेरि पनि सामाजिक काममा यो सस्था सक्रिय भएर अघि बढ्ने समेत प्रतिवद्धता व्यक्त गरे।

 

 


१ वैशाख २०७९, बिहीवार २१:४५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु