बझाङमा खोलामा डुबेर एक जनाको मृत्यु
बझाङमा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ । बित्थडचिर गाउँपालिका –४ देउलेख घर भएका १८ बर्षीय कमल बोहराको खोलामा डुबेर मृत्यु भएको हो ।
बोहरा नजिकै रहेको बाउली खोलामा पौडी खेल्न गएका बेला डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
बझाङमा आयोजना गरिएको जनसभामा सहभागी भएका बोहरा गर्मी छल्न खोलामा नुहाउन गएको बेला उनको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
२८ चैत २०७८, सोमवार १९:४२ बजे प्रकाशित













