देशभर थप ४ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा जम्मा ४ जना कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार आज २ हजार ७ सय ४० जनामा गरिएको परीक्षणमा जम्मा ४ जना संक्रमित भेटिएका हुन्।

आज ४८ जना संक्रमणमुक्त भएका छन् भने २४ घन्टामा संक्रमणबाट हुने मृत्यु शून्य रहेको छ। हाल देशभर ५ सय ९२ जना सक्रिय संक्रमित रहेका छन् । यस्तै देशका १४ जिल्ला कोरोना संक्रमणमुक्त रहेका छन्। १


२७ चैत २०७८, आइतवार १७:२५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु