करेन्ट लागेर एकजनाको मृत्यु

करेन्ट लागेर एकजनाको मृत्यु भएको छ। भरतपुर महानगरपालिका १६ गोबिन्दचोक बस्ने ६५ वर्षीय सोमबहादुर तामाङको करेन्ट लागेर शनिबार दिउँसो मृत्यु भएको हो।

छिमेकीको घर छेउमा ईनार बनाउने क्रममा उक्त ईनारमा पानी लगाउन मोटरमा तार जोड्ने क्रममा करेन्ट लाग्दा उनको मृत्यु भएको प्रहरीले बताएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

 


२६ चैत २०७८, शनिवार २१:२६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु