मन्त्री आलेले भने – हामीलाई एक किलोको ढक भन्नेलाई आगामी चुनावमा ग्राममा झार्छौ

विगतमा केपी ओली नेतृत्वमा बनेको दुई तिहाइको सरकार अरुको योग्यता र क्षमतालाई सधैं गिज्याउने नेतृत्वको स्वभावका कारण फुटेर सिसाको टुक्राजस्तै भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले बताएका छन् ।

धनगढीमा आजदेखि सुरु भएको फारवेष्ट ट्राभल मार्ट २०२२ को उद्घाटन कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
‘नेकपा एमालेले अझै पनि ६० प्रतिशत सिट ल्याएर चुनाव जित्छौ भनिरहेको छ । पाँच ओटा पार्टीलाई ओलीले एक किलोको ढक र आफुलाई क्वीन्टलको संज्ञा दिनुभएको छ,’ मन्त्री आलले भने ‘केपी ओलीको पार्टीले जुन क्वीन्टलको धाक लगाइरहनुभएको छ आगामी चुनावमा त्यसलाई एक ग्राममा झार्नका लागि गठबन्धन दल एकजुट भएर लागेका छन् । गठबन्धनले नेकपा एमालेको पत्तासाफ गर्ने समेत उनले बताए ।

यस्तै मन्त्री आलेले गेटा बिमानस्थललाई क्षेत्रीय स्तरको बनाउने बताएका छन् । उनले यसका लागि हाल एक अर्ब बजेट छुट्याएको बताउँदै अब थप १० अर्व छुट्याउने घोषणा गरे ।
सुदूरपश्चिमको धनगढीमा नेपाल पर्यटन बोर्डको कार्यालय स्थापनाले पर्यटन विकास गर्न मार्गदर्शन प्राप्त भएको मन्त्री आलेले बताए । उनले सुदूरपश्चिम पर्यटनको सम्भावना बोकेका प्रदेश भएको हुँदा यस्ता कार्यक्रमले अझै पर्यटकको संख्या बढ्ने उनले बताएका छन् ।

नेपाल पर्यटन बोर्ड र धनगढी उपमहानगरपालिकाको आर्थिक सहयोगमा नाट्टा सुदूरपश्चिमले धनगढीस्थित रुबस होटलमा मार्ट आयोजना गरेको हो । कार्यक्रममा सुदूरपश्चिमका ९ जिल्लाका स्टल तथा विभिन्न प्रदेशका स्टलहरु राखिएका छन् । सो मार्टमा नेपाल–भारतका सरोकारवालाहरुको सहभागिता छ ।

 

 


२५ चैत २०७८, शुक्रवार १४:५५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु