बझाङमा भीरबाट लडेर एक महिलाको मृत्यु

बझाङमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ । खप्तड छान्ना गाउँपालिका १ पौवागढि की ४१ वर्षिया मालती देवी खातीको घाँस काट्ने क्रममा भीरबाट लडेर मृत्यु भएको हो ।

बिहीबार बिहान घाँस काट्न गएकी खाती दिउँसो करिब १२ बजे मृत फेला परेकी हुन् । भीरबाट करिब २०० मिटर तल खसेर घटना स्थलमै उनको मृत्यु भएको आफन्तले जनाएका छन् ।


२५ चैत २०७८, शुक्रवार ०७:१२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु