देशभर थप ७ जनामा कोरोना संक्रमण, २५ जना निको

पछिल्लो २४ घण्टामा थप ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ   । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ८१९ जनाको पीसीआर परीक्षणमा ७ जना र १ हजार ८४९ जनाको एन्टीजेन परीक्षणमा ० जना गरी ७ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट २५ जना निको भएका छन् भने हाल देशभर ७४७ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्‍ये ७१७ जना होम आइसोलेसनमा रहेका छन् भने ३० जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ११ जना आईसीयू र १ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

बिहीबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १८ हजार ६९२ पुगेको छ ।


२४ चैत २०७८, बिहीवार १७:१६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु