आज सुनको मूल्य सामान्य बढ्यो
आज छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार ८ सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
तेजावी सुनको मूल्य ९८ हजार ३ सय रुपैयाँ तोकिदा चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले घटेर प्रतितोला १३ सय ४० रुपैयाँ कायम भएको छ ।
सोमबारको तुलनामा सुनको मूल्य तोलामा एक सय रुपैयाँले बढेको हो भने चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको हो । अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा महासंघले दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।
२२ चैत २०७८, मंगलवार १२:२२ बजे प्रकाशित













