ट्युसन पढ्न बिहानै घरबाट निस्केकी किशोरीको चोटपटक लागेको अवस्थामा शव फेला

उदयपुरको बेलका नगरपालिकामा-३ मा १५ वर्षीया किशोरीको शव फेला परेको छ । मंगलबार आज बिहान ५ बजेतिर ट्युसन पढ्न भनेर घरबाट निस्केकी कविता सुनुवारको शव फेला परेको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक तेजबहादुर दाहाल बताए ।

स्थानीय बासिन्दाले बिहान ७ बजे किशोरीको शव फेला परेको जानकारी दिएपछि प्रहरी घटनास्थल पुगेको हो । १० कक्षामा अध्ययनरत उनी ट्युसन पढ्न हरेक बिहान श्री कोसी जनता उच्च माविमा जाने गर्थिन् ।

घरभन्दा झन्डै दुई किलोमिटर टाढा खोल्साको किनारमा शव भेटिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले घट्नाबारे थप अनुसन्धान गरिरहेको छ ।


२२ चैत २०७८, मंगलवार १२:०९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु