सरकार एक्लैले नयाँ शहर बनाउन सक्दैन : रामकुमारी झाँक्री
शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले नयाँ शहर बनाउन आवश्यक बजेट र नीतिको खाँचो रहेको बताएकी छिन् । समाजवादी सङ्गठन नेपाल कैलालीद्वारा आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएकी हुन् ।
मन्त्री झाँक्रीले सरकारको एक्लै प्रयासले मात्र नयाँ शहर बनाउन नसकिने बताइन् । भनिन्, निजी क्षेत्रको पनि सहयोग चाहिन्छ ।
उनले ग्रामीण क्षेत्रबाट शहरतिर बसाइँसराइको क्रम बढ्दै गएकाले त्यसलाई रोक्न ग्रामीण शहरीकरणको विकासलाई प्राथमिकता दिनुपर्नेमा जोड दिइन् । ग्रामीण शहरीकरणले स्थानीयस्तरमा रोजगारीको अवसर सिर्जना गर्ने भएकाले दीर्घकालीन नीति बनाएर अघि बढ्ने तयारी सरकारको छु, मन्त्री झाँक्रीले भनिन् ।
सरकारले घोषणा गरेका नयाँ शहर निर्माणका लागि आवश्यक बजेटको अभावसमेत रहेको उनले बताइन् ।
२८ फागुन २०७८, शनिवार १८:१० बजे प्रकाशित












