punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

आजकाे मौसम सामान्यतया सफा रहने

Chaupati
safha napa

देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आजकाे मौसम सामान्यतया सफा रहने जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

अहिले बिहान प्रदेश १ र मधेस प्रदेशमा आंशिक देखि सामान्य बदली र बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहेकाे छ । अन्य भू–भागकाे मौसम सामान्यतया सफा रहेको माैसमविद्ले जानकारी दिएका छन् ।

आज राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने पूर्वानुमान महाशाखाले गरेकाे छ । महाशाखाका अनुसार हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन  ।


२५ फागुन २०७८, बुधवार ०८:२६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु