punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

काँग्रेस कैलाली पदाधिकारीको मतगणना सकियो

Chaupati
safha napa

नेपाली काँग्रेस कैलालीको अधिवेशनअन्तर्गत पदाधिकारीको मतगणना सकिएको छ। सभापतिको मतगणना बिहीबार नै सकिएकोमा आज (शुक्रबार) उपसभापति, सचिव र सहसचिवको मतगणना सम्पन्न भएको निर्वाचन समितिले जनाएको छ।

उपसभापतिमा नारायणदत्त भट्ट प्यानलका भीम बडुवाल १३२८ र प्रकाशबहादुर बम प्यानलका खेम डगौरा थारु ९२३ मत ल्याउदै विजयी भएका छन्। चौधरी र बडुवालले यसअघि जिल्ला सभापतिमै चुनाव लड्ने बताउदै आएका थिए भने मनोनयन दर्ताका क्रममा पछि हटेका थिए।

सचिवमा बम प्यानलका नृप सुनारले १४९३ र भट्ट प्यानलका केशव मिश्रले ११५६ मत प्राप्त गर्दै विजयी भएका छन्। यस्तै सहसचिवमा कलेशुराम चौधरी ८९६ र रामसमझ राना ८८१ मत ल्याउदै विजयी भएका छन्। निर्वाचन समितिका अनुसार अब जिल्ला सदस्यको मतगाणना सुरु हुनेछ।

जिल्ला सभापतिमा भने संस्थापन पक्षका नारायणदत्त भट्ट विजयी भइसकेका छन्। उनी दोस्रो चरणको निर्वाचनमा प्रकाश बहादुर बमलाई पराजित गर्दै विजयी भएका हुन्।


२० फागुन २०७८, शुक्रवार १८:५८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु