punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

पाल्पामा व्यावसायिक सुन्तला खेती गर्न ‘जोन’ सञ्चालन हुने

Chaupati
safha napa

तानसेन नगरपालिका, बगनासकाली गाउँपालिका, रिब्दीकोट गाउँपालिका र रैनादेवी छहरा गाउँपालिकामा सुन्तला जोन सञ्चालन हुने भएको छ। सुन्तलाको व्यावसायिकरूपमा खेती गरी उत्पादन वृद्धि गर्न सुन्तलाको जोन सञ्चालन गर्न लागिएको हो।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइका प्रमुख दीपक भट्टराईले ५०० बढी हेक्टरमा व्यावसायिकरूपमा सुन्तला जातको खेती गर्ने योजना रहेको बताए। जिल्ला समन्वय समितिका कावा प्रमुख मीरा मरासिनीले व्यावसायिक उत्पादन वृद्धि गरी आत्मनिर्भर हुनुपर्ने बताइन्। व्यावसायिकरूपमा यस क्षेत्र उपयुक्त रहेकाले सुन्तला खेतीप्रति आकर्षित हुन उनले आग्रह गरिन्।

रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायणबहादुर जिसीले व्यावसायिकरूपमा उत्पादित सुन्तलालाई प्रशोधन गरी बजार पठाउन सकिने बताए। उपाध्यक्ष लक्ष्मी खनाल, सुन्तला जात तथा फलफूल विकास केन्द्रका प्रमुख वसन्त श्रेष्ठले व्यावसायिक सुन्तला खेतीको अवसर रहेकाले मेहेनत आवश्यक रहेको बताए।

यहाँका चार स्थानीय तहका सुन्तला जात फलफूल खेती गर्ने किसानको अगुवाइमा सुन्तला जोन सञ्चालन समन्वय समिति गठन गरिएको छ। संयोजकमा रैनादेवी छहरा गाउँपालिका–४ का नित्यानन्द पोखरेलको अध्यक्षतामा नौ सदस्यीय समिति गठन गरिएको हो।

 


२० फागुन २०७८, शुक्रवार १०:५६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु