कांग्रेस कैलाली जिल्ला अधिवेशन : मतगणना सुरु
नेपाली कांग्रेस कैलालीको १४ औं अधिवेशनअन्तर्गत मतगणना सुरु भएको छ । आइतबार राति सम्पन्न भएको मतदानको मतगणना भने ढिलोगरी सोमबार सुरु भएको हो । अधिवेशनमा सभापतिका लागि पूर्व उपसभापति नारायण भट्ट, निवर्तमान उपसभापति प्रकाश बम र रामबहादुर कलेल छुट्टाछुट्टै समूहसहित प्रतिस्पर्धामा छन् ।
यसअघि सभापति पदको आकांक्षी देखिएका युवा नेता भीम बडुवाल र खेमराज चौधरीले उपसभापतिमा उम्मेदवारी दिएका छन् । जिल्ला कार्यसमितिको सदस्य पदमा उम्मेदावरी दिएका १२ जना यसअघि आइतबार नै निर्विरोध निर्वाचित भएका छन् ।
निर्वाचन अधिकृत टेकप्रसाद सुवेदीले पहिलो चरणमै सभापति निर्वाचित हुन नसकेमा १८ फागुनमा दोस्रो चरणमा मतदान गर्ने तयारी भइरहेको बताए । निर्वाचन समितिका अनुसार २ हजार ५७६ प्रतिनिधिमध्ये २ हजार ४८५ मतदाताले मतदान गरेका छन्।
१६ फागुन २०७८, सोमवार १२:३९ बजे प्रकाशित












