माधवसँगको छलफलपछि प्रचण्डले भने -गठबन्धन टुट्दैन, एमसीसी सहमतिमै अघि बढ्छ
एमसीसी अनुमोदनमा सघाउन कांग्रेसले सत्ता गठबन्धन तोडेर एमालेसँग सहकार्य गर्ने भएपछि नेकपा माओवादी केन्द्र र नेकपा एस तयार भएका छन् ।
एमसीसीका सन्दर्भमा कतिपय अस्पष्ट विषय संसदमा एकपक्षीय घोषणबाट संकल्प प्रस्ताव पारित गर्दै एमसीसी अनुमोदन गर्ने र गठबन्धन जोगाउने ढंगले छलफल भएको नेताहरुले बताएका छन् ।
माओवादी अध्यक्ष प्रचण्डले सिंहदरवारमा नेकपा एसका शीर्ष नेतासँग छलफल पछि गठबन्धन नटुट्ने र एमसीसी पनि सहमतिकै बाटोबाट अघि बढ्ने बताएका छन् । अध्यक्ष प्रचण्डले भने- समस्याको समाधान हुन्छ । गठबन्धन टुट्दैन । एमसीसी पनि सहमतिको बाटोबाटै अघि बढ्छ ।’
१४ फागुन २०७८, शनिवार १८:२१ बजे प्रकाशित































