नेपालीलाई अत्यावश्यक कामबाहेक युक्रेनमा नबस्न सरकारको आग्रह
?????????????????????????????????????????????????????????
नेपालीलाई परराष्ट्र मन्त्रालयले अति आवश्यक कामबाहेक युक्रेनमा नबस्न अनुरोध गरेको छ । मन्त्रालयले युक्रेनमा बसोबास गर्ने वा भ्रमणमा जाने नेपालीका लागि जरुरी सूचना सार्वजनिक गर्दै त्यस्तो जानकारी गराएको हो ।
मन्त्रालयले सूचनामार्फत अत्यावश्यक परेर त्यहाँ बस्नुपरेमा बाहेक उपलब्ध व्यावसायिक हवाई उडानको उपयोग गरेर स्वदेश फर्किन मन्त्रालयले अनुरोध गरेको छ ।
मन्त्रालयले नेपाली राजदूतावास, बर्लिनमा रहेका ३८ जनाभन्दा धेरै नेपाली सम्पर्कमा रहेको र उनीहरू सकुशल रहेको जानकारीसमेत गराएको छ । आवश्यक परेमा बर्लिनमा रहेको दूतावासमा सम्पर्क गर्नसमेत अनुरोध गरेको छ ।
युक्रेनमा रहेका नेपाली नागरिकले त्यहाँको वर्तमान अवस्था तथा विकसित हुँदै गरेका घटनाक्रमको मूल्याङ्कन गरेर अति आवश्यक परी त्यहीँ रहनुपरेमा बाहेक उपलब्ध व्यावसायिक हवाई उडानको उपयोग गरी स्वदेश फर्कन परराष्ट्र मन्त्रालय अनुरोध गर्दै मन्त्रालयले सूचनामा भनेको छ ।
१२ फागुन २०७८, बिहीवार १३:४१ बजे प्रकाशित































