punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

भारतमा सडक दुर्घटना : ११ जनाको मृत्यु

Chaupati
safha napa

मङ्गलबार बिहान उत्तर भारतमा भएको सडक दुर्घटनामा महिलासहित कम्तीमा ११ जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्। दुर्घटना देशको उत्तराखण्ड राज्यमा भएको थियो।

गाडी सडकबाट चिप्लिएर लगभग २५० फिट गहिरो खाडलमा खस्दा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ। पीडितहरू राज्यको चम्पावत क्षेत्रका भएको र विवाह समारोहबाट फर्किरहेका बेला दुर्घटना भएको थियो।

उद्धार कार्य अझै जारी छ। एघार जनाको शव निकालिएको छ। दुईजना घाइतेको अवस्था गम्भीर छ र तिनीहरूलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ।


१० फागुन २०७८, मंगलवार २१:३८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु