एमसिसीविरूद्ध सर्वोच्चमा रिट

संसदमा टेबल भएको अमेरिकी सहयोग परियोजना एमसिसीविरूद्ध सर्वोच्च अदालतमा रिट परेको छ। सोमबार वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले एमसिसीका कतिपय प्रावधान नेपालको संवैधानिक सर्वोच्चता र सार्वभौमिकताविरूद्ध भएकाले यसलाई अघि बढाउन नहुने भन्दै रिट पेस गरेका हुन्।

उक्त रिट दर्ता भने भइसकेको छैन। सर्वोच्च प्रशासनले अध्ययन गरेर रिट दर्ता गर्नेरनगर्ने जानकारी भोलि दिने भनेको वरिष्ठ अधिवक्ता भण्डारीले बताए।

 


९ फागुन २०७८, सोमवार २२:२३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु