punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बैतडीमा टिप्पर दुर्घटना : मृत्यु हुनेको संख्या ४ पुग्यो

Chaupati
safha napa

बैतडीमा भएको टिप्पर दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ । उपचारको लागि डडेल्धुरा लैजाँदै गर्दा थप एक जनाको बाटोमै मृत्यु भएको बैतडीका प्रहरी निरीक्षक तथा प्रवक्ता दर्शन खड्काले बताए । थप मृत्यु हुनेमा पाटन नगरपालीका ३ का वर्ष १२ बर्षिय राजेन्द्र प्रसाद पन्त रहेका छन् ।

दुर्घटनामा परेर ३ जनाको यस अघि घटनास्थलमै मृत्यु भइसकेको छ । घटनास्थलमै मृत्यु हुनेमा पाटन ३ का ४५ वर्षीय जनक राज पन्त , पाटन ३ कै १२ वर्षीय ज्ञानु विष्ट र १७ वर्षीय ललित अवस्थी रहेका छन् ।

दुर्घटनाका थप एक जना घाइतेको उपचार भइरहेको छ भने भने ३ जना सामान्य रहेका बताइएको छ । एक जना घाइतलाई उपचारको लागि धनगढी पठाइएको प्रवक्ता खड्काले बताए ।


९ फागुन २०७८, सोमवार २१:५८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु