धनगढी विमानस्थल स्तरोन्नति : मन्त्रिपरिषद्ले तोक्यो प्रारम्भिक अधिकारी
धनगढी विमानस्थलका लागि जग्गा अधिग्रहण गर्न विमानस्थलका कार्यालय प्रमुख रामकृष्ण भट्टलाई प्रारम्भिक अधिग्रहण अधिकारी तोकिएको छ।
नेपाल सरकारको मन्त्रिपरिषद्को बैठकले जग्गा अधिग्रहण लगायतका कार्य अगाडी बढाउने जिम्मेवारीसहित भट्टलाई प्रारम्भिक अधिकारी तोकेको हो ।
धनगढी विमानस्थल स्तरोन्नतिका लागि आवश्यक पर्ने जग्गाको सर्भे गर्न आएको टोलीले कार्य सम्पन्न गरेर फर्किएको बताइएको छ ।धनगढी विमानस्थलका प्रमुख रामकृष्ण भट्टले २ सय ५८ बिघा जग्गा अधिग्रहण गर्न प्राविधिक टोलीले सर्भे गरेको बताए।
९ फागुन २०७८, सोमवार १२:२२ बजे प्रकाशित












