एलाइन्समा आबद्ध मिडियालाई औषधिमा छुट

मिडिया एलाइन्समा आबद्ध पत्रकार, कर्मचारी तथा परिवारका सदस्यलाई औषधि खरिदमा छुट दिइने भएको छ। हाम्रो फर्मा फार्मेसी प्याथल्याबको सेवा लिने प्रयोजनले मिडिया एलायन्स नेपाल र साधना हेल्थ प्रालिबीच सम्झौता भएको हो।

सम्झौतापत्रमा मिडिया एलायन्स नेपालका अध्यक्ष भाष्करराज राजकर्णिकार र हाम्रो फर्मा फार्मेसीका तर्फबाट साधना हेल्थ प्रालिका अध्यक्ष दिरेकलाल श्रेष्ठले हस्ताक्षर गरेका छन्। सम्झौतानुसार हाम्रो फर्माले मिडिया एलायन्सका सबै कर्मचारी तथा पारिवारिक सदस्यलाई नेपालमा उत्पादित औषधिमा १५ र भारतीय औषधिमा १२ प्रतिशत छुट दिनेछ।

काठमाडौँ उपत्यकाभित्र हाम्रो फर्माले बिहान १० बजेसम्म औषधिको अर्डर पायो भने सोही दिन घरसम्म आपूर्ति गरिदिनेछ। हाम्रो फर्माले मासिकरूपमा डिजिटल माध्यमबाट नियमित औषधि सेवन गर्ने ग्राहकलाई ‘औषधि सकिन लाग्यो कि’ भन्ने व्यहोराको ‘रिमाइन्डर नोटिस’ पनि पठाउनेछ। यसले निमोनिया र फ्लु खोपका लागि विशेष छुट दिने सहमति जनाएको छ भने घरमै प्रयोगशाला परीक्षणको सेवा पनि उपलब्ध गराउने भएको छ।

यसका लागि १५ प्रतिशतसम्म छुटको व्यवस्था पनि छ। यसले सेवाग्राहीको घरमै गएर मधुमेहको फास्टिङ टेस्ट गर्ने र पीपी टेस्टका लागि सेवाग्राहीको कार्यालमै पुगेर परीक्षण गर्ने सहमति पनि भएको छ। यसबाट परीक्षणको रिपोर्ट सेवाग्राहीको चाहनानुसार इमेल, ह्वाट्सएप वा भाइबरबाट पठाउने प्रतिबद्धता जनाएको छ।

 

 


९ फागुन २०७८, सोमवार ०८:४१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु