बसको ठक्करबाट २ जना पैदलयात्रीको मृत्यु
बालाजुमा बसको ठक्करबाट दुई जना पैदलयात्रीको मृत्यु भएको छ । बालाजुको गंगा हल अगाडिको सडकमा आज बिहान ६ बजे बसको ठक्करबाट २ जनाको मृत्यु भएको हो ।
मृतकमध्ये रसुवाका १८ वर्षीय विकास तामाङको परिचय खुलेको छ । अन्दाजी ५० र ५५ वर्षीया महिलाको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ । उनीहरुको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो ।
५ फागुन २०७८, बिहीवार ११:२८ बजे प्रकाशित






























