punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

एकैदिन सुनको मुल्य तोलामा १ हजार २ सयले बढ्यो

Chaupati
safha napa

आज सुनचाँदी बजारमा छापावाल सुनको मूल्य प्रतितोला एक हजार २०० रुपैयाँले बढेर ९६ हजार ७०० रुपैयाँ पुगेको छ ।

फागुन महिनाको पहिलो दिन आइतबार प्रतितोला ९५ हजार ५०० मा कारोबार भएको सुनको मूल्य सोमबार स्थिर रही सोही मूल्यमा कारोबार भएको थियो ।

आज तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार २०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घ जनाएको छ ।

जसको मूल्य सोमबार प्रतितोला ९५ हजार तोकिएको थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला २० रुपैयाँले बढेर १ हजार ३२० पुगेको महासङ्घले जनाएको छ ।

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने परिवर्तनका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।


३ फागुन २०७८, मंगलवार १२:१८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु