छोरीलाई जर्बजस्ती करणी गरी फरार भएका बुवा पक्राउ
सिन्धुपाल्चोकमा छोरीलाई जर्बजस्ती करणी गरी फरार भएका बुवा १५ वर्षपछि पक्राउ परेका छन्। जिल्लाको चौतारा साँगाचोकगढी– १३ ठुलोसिरुवारीका एक पुरुषलाई प्रहरीले पक्राउ गरेको हो।
२०६३ वैशाख १९ मा उनले नाबलिका छोरीलाई सल्लाघारी जंगलमा जबरजस्ती करणी गरेका थिए तर आवश्यक कानुनी प्रक्रिया सुरु हुनुअघिदेखि यी आरोपित फरार थिए। उनलाई पक्राउ गरी जिल्ला अदालतमा पेश गरिएकोमा अदालतले पुर्पक्षका लागि कारागार चलान गरेको प्रहरी नायव उपरीक्षक दक्षबहादुर बस्नेतले जानकार िदिए ।
३ फागुन २०७८, मंगलवार १२:०५ बजे प्रकाशित































