punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

फ्रान्सको आगलागीमा दुई बालबालिकासहित सातजनाको मृत्यु

Chaupati
safha napa

दक्षिण–पश्चिमी फ्रान्समा एक शक्तिशाली विस्फोटनपछि सुरु भएको आगलागीमा परी दुईजना बालबालिकासहित कम्तीमा सातजनाको मृत्यु भएको छ । स्थानीय समयानुसार सोमबार बिहान १ बजेर ३० मिनेट जाँदा भएको सो विस्फोटनका कारण सेन्ट लरेन्ट–डी–ला–सालन्क्युको एउटा सडकको दुवैतिर रहेका थुप्रै घरमा आगो लागेको थियो ।

आगलागीबाट क्षतिग्रस्त दुईवटा फ्ल्याटको भग्नावशेषमा अग्निनियन्त्रकहरूले अझै मानिसको खोजी गरिरहेका छन् । विस्फोटनको कारण थाहा हुन सकेको छैन । घटनास्थल पुगेका फ्रान्सका आन्तरिक मामिलामन्त्री जेराल्ड डार्मानिनले जीवित व्यक्तिहरूको खोजीका लागि आपत्कालीन सेवा जारी रहेको बताएका छन् । साथै, उनले यो दुर्घटना मात्रै हो वा अपराधिक कार्य हो भन्ने सप्ष्ट भइनसकेको पनि बताएका छन् ।

स्थानीय बासिन्दाले विशाल आगोको लप्का देखिनुअघि ठूलो विस्फोटनको आवाज सुनेको बताएका छन् । स्थानीय सञ्चारमाध्यमका अनुसार करिब २० जना घाइते भएका छन् । आगोबाट बच्न अत्तालिँदै दुई तलाको झ्यालबाट हामफालेका करिब ३० वर्षीय एक पुरुषलाई चिन्ताजनक अवस्थामा अस्पताल लगिएको छ । बीबीसीबाट

 


३ फागुन २०७८, मंगलवार ०८:४६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु