punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

घुस लिँदै गरेको अवस्थामा नासु पक्राउ

Chaupati
safha napa

सेवाग्राहीसँग ३ हजार ५०० रुपैयाँ घुस लिँदै गरेको अवस्थामा बाराको एउटा नगरपालिकाका वडा सचिव (नायब सुब्बा) पक्राउ परेका छन्। बारको कोल्हवी नगरपालिका, वडा नम्बर ११ रामपुर्वाका वडासचिव नासु बिनोद प्रसाद साह ३ हजार ५०० रुपैयाँ घुससहित पक्राउ परेका हुन्।

जग्गा नामसारी सिफारिसको लागि सेवाग्राहीसँग घुस मागेको भन्ने सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौंडाबाट खटिएको टोलीलाई साहलाई पक्राउ गरेको हो।

साहलाई सेवाग्राहीबाट घुस रकम लिइ सकेको अवस्थामा अवस्थामा उक्त रकमसहित उनकै कार्यालयबाट नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहायक प्रवक्ता देवप्रसाद भण्डारीले जानकारी दिए। भण्डारीका अनुसार घुससहित पक्राउ परेका साहमाथि थप अनुसन्धान भइरहेको छ।


२० माघ २०७८, बिहीवार १७:०२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु