punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

एनटीसीको वार्षिकोत्सव अफर

Chaupati
safha napa

सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक, नेपाल टेलिकम (एनटीसी)ले आफ्नो वार्षिकोत्सवको अवसरमा ‘एनटी एनिभर्सरी’ अफर सञ्चालनमा ल्याएको छ । माघ २२ गते कम्पनीले १८ औं वार्षिकोत्सव मनाउँदै छ ।

अफरमा ग्राहकले २९४ रुपैयाँमा २० जीबी डेटा खरिद गर्न सक्नेछन् । यो डेटा १० दिनसम्म प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ । साथै, ९८ रुपैयाँमा ६ जीबी डेटा प्राप्त गर्न सक्ने र त्यो ३ दिनभित्र प्रयोग गरिसक्नुपर्नेछ । हरेक दिन ६९ रुपैयाँमा १ एमबीपीएस गतिको अनलिमिटेड डेटा प्रयोग गर्न सकिने जानकारी दिइएको छ ।

मंगलबारबाट सञ्चालनमा ल्याइएको यो योजना फागुन ३ सम्म कायम रहनेछ । एनटीसीका ग्राहकले ८१४१५८११३ डायल गरेर वा एनटी एपमार्फत यो अफर खरिद गर्न सक्नेछन् । कतिपय ग्राहकले भ्यालिडिटी समय थोरै भएको गुनासो गरिरहेका छन् ।


२० माघ २०७८, बिहीवार १४:५० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु