सुदूरपश्चिममा थप ५५० जनामा कोरोना संक्रमण

सुदूरपश्चिममा थप ५५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा एक हजार ५४७ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय दीपायलले जनाएको हो।

सोमबार संक्रमण पुष्टि भएकामध्ये १०३ जना भने सोमबार नै भारतबाट फर्केका नागरिक हुन्। यस्तै प्रदेशमा सक्रिय संक्रमितको संख्या ४ हजार २७९ जना रहेका छन्।

उनीहरुमध्ये ९२ जनाको मात्रै अस्पतालमा उपचार भइरहेको छ भने अन्य सबै होम आइसोलेसनमा रहेका छन्।

 


१० माघ २०७८, सोमवार १७:४४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु