लागुऔैषधसहित १ जना पक्राउ
कैलाली प्रहरीले लागुऔषध (चरेश) सहित एक जनालाई पक्राउ गरेको छ ।जिल्लाको धनगढी उप–महानगरपालिका ४ एकताटोल बस्ने वर्ष ५० को नरबहादुर धामीलाई सोही ठाउँबाट लागुऔषधसहित पक्राउ गरेको हो ।
गोप्य सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनलाई घरबाटै ९०० ग्राम लागुऔषधसहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता बेदप्रकाश जोशीले जानकारी दिए । पक्राउ परेका धामीमाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
१० माघ २०७८, सोमवार १७:१५ बजे प्रकाशित













