punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बाजुराको त्रिवेणी साना जलविद्युत केन्द्र नेपाल विद्युत प्राधिकरणले फिर्ता लिने

Chaupati
safha napa

बाजुराको सदरमुकाम मार्तडीमा सञ्चालन भइरहेको त्रिवेणी साना जलविद्युत केन्द्र, नेपाल विद्युत प्राधिकरणले फिर्ता लिने भएको छ।

प्राधिकरण र त्रिवेणी सहकारी संस्थाबीचको २० वर्षका लागि भएको सम्झौता खारेज गरेर आफ्नै स्वामित्वमा सञ्चालन गर्ने गरी सहमति भएको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र बाजुराले जनाएको छ।

सदरमुकाममा विद्युत आपूर्ति नहुँदा पटकपटक सेवाग्राहीले आन्दोलन गर्ने, धर्ना गर्नेजस्ता कार्य हँुदै आएकाले उक्त विद्युतमा राष्ट्रिय प्रसारण लाइन जडान गर्ने गरी तीन महिनाभित्र सम्झौता रद्द गर्ने सहमति भएको वितरण केन्द्रका प्रमुख ललितकुमार मण्डलले बताए।

प्राधिकरणले तीन महिनाभित्र त्रिवेणी बचत तथा ऋण सहकारी संस्थासँगको सम्झौता खारेज गरेर पुनः आफ्नै स्वामित्वमा लिने पत्र जिल्ला वितरण कार्यालयलाई पठाएको मण्डलले बताए। साना जलविद्युत केन्द्र निर्माण भएर सेवा सञ्चालन गर्दा ७४५ ग्राहकलाई सेवा दिने सर्तसहित मार्तडी साना जलविद्युत केन्द्र सञ्चालनको जिम्मा त्रिवेणी सहकारीले लिएको थियो।

विसं २०६६ मा सञ्चालनको स्वामित्व लिएको सहकारीसँग हाल दुई हजार एक सय बढी विद्युत सेवा लिने ग्राहक रहेका छन्। दैनिक आठ सय किलोवाट क्षमताभन्दा बढीको विद्युत खपत हुने भए पनि सहकारीले २०० किलोवाट क्षमता मात्र वितरण गरिरहेको छ। त्यसका कारण दैनिक पाँचदेखि १० घण्टा विद्युत् अवरुद्ध हुने समस्याबाट सेवाग्राही हैरानी बनेका छन्।

मागअनुसारको विद्युत् पूर्ति गर्न त्रिवेणीले नसक्ने भएपछि फिर्ता गर्न सहकारी पनि तयार देखिएको छ। प्राधिकरणले तीन महिनाभित्र विद्युत् सम्झौता रद्द गरी आफ्नै स्वामित्वमा सञ्चालन गर्ने प्रक्रिया नै सुरु गरिसकेको छ।


८ माघ २०७८, शनिवार १०:२९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु