डडेल्धुरा प्रशासनका कर्मचारीमा कोरोना देखिएपछि नियमित सेवाहरु स्थगित
जिल्ला प्रशासन कार्यालय डडेल्धुराका कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएपछि नागरिकता वितरण लगायतका नियमित सेवाहरु स्थगित गरिएको छ। डडेल्धुराका प्रमुख जिल्ला अधिकारी (सीडीओ) मोहन राज जोशीले एक सूचनामार्फत् कार्यालयका कर्मचारीमा कोरोना देखिएपछि अत्यावश्यक बाहेकका सेवाहरु स्थगित गरिएको जानकारी दिएका छन्।
नागरिकता, नागरिकता प्रतिलिपि, संघरसंस्था, नावालक परिचय पत्र, राष्ट्रिय परिचय-पत्र र राहदानी सम्बन्धी फाँट तर्फको सम्पुर्ण सेवा अर्को सूचना जारी नभए सम्मका लागि शुक्रबारदेखि लागू हुने गरी बन्द गरिएको सीडीओ जोशीले जानकारी दिएका छन्। शान्ति सुरक्षा र मुद्दा सम्बन्धी अत्यावश्यक सेवाहरु नियमित रहने जनाइएको छ।

६ माघ २०७८, बिहीवार १५:०२ बजे प्रकाशित













