प्रदेश सरकार प्रेसमैत्री छ : मन्त्री सोडारी
नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य, प्रेदश उप सचिव तथा सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पुर्वाधार विकास मन्त्री दीर्घ सोडारीले प्रदेश सरकार सदैव प्रेस मैत्री रहेको बताएका छन् ।
बुधबार समाजवादी प्रेस संगठन नेपाल कैलालीको प्रथम जिल्ला कमिटी तथा सपथग्रहण कार्यक्रमको प्रमुख अतिथिको रुपमा बोल्दै उहाँले प्रदेश सरकार सदैव सञ्चारकर्मीका सबै समस्या समाधानका लागि प्रयत्नरत रहेको बताए । उनले आम सञ्चारकर्मीका समस्याका बारेमा आफु जानकार रहेको बताउँदै आउँदा दिनमा प्रदेश सरकारले सञ्चारमैत्री निती अवलम्वन गरेर अघि बढ्ने बताए ।
मन्त्री सोडारीले नेकपा ९एकीकृत समाजवादी ० मा देशभर प्रवेश गर्नेको लहर बढ्दै गएकोले आउँदो निर्वाचनमा पार्टीले तिन वटै तहमा पार्टी बहुमतका साथ विजयी हुने दावी गर्नु भयो । उनले सुदूरपश्चिमका सबै स्थानीय तह, प्रदेश र संघिय निर्वाचनमा आफ्नो पार्टी लाई जनताले विजयी गराउने विश्वास व्यक्त गरे ।
समाजवादी प्रेस संगठन नेपालका जिल्ला अध्यक्ष लक्ष्मीप्रसाद जैशीको अध्यक्षतामा भएको प्रथम जिल्ला बैठक तथा सपथ ग्रहण कार्यक्रममा स्वागत मन्तव्य संगठनका उपाध्यक्ष भुपेन्द्र विकले गरेका थिए ।
कार्यक्रममा समाजवादी प्रेस संगठनका सस्थापक सदस्य एवं पत्रकार महांसंघका केन्द्रीय सचिव हेमकर्ण विक, सस्थापक सदस्य मिन ठकुरी, हरि जोशीले समाजवादी प्रेस संगठन नेपालको संगठन विस्तारको लागि संगठन संग आवद्ध सम्पुर्ण सबैले जोडदारका रुपमा लाग्नु पर्ने धारण व्यक्त गरेका थिए ।
५ माघ २०७८, बुधवार १८:३९ बजे प्रकाशित













