punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

एमाले सुदूरपश्चिम सहइन्चार्ज राजेन्द्र रावललाई गृहजिल्लामै धक्का

Chaupati
safha napa

नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा सुदूरपश्चिम प्रदेशका सहइन्चार्ज राजेन्द्र रावललाई गृहजिल्ला कञ्चनपुरमै धक्का लागेको छ।

एमाले कञ्चनपुरको ८ औँ अधिवेशन अन्तर्गत भएको निर्वाचनमा रावलका छोरा नितेश जिल्ला कमिटी सदस्यमा पराजित भएका छन्।

सुदूरपश्चिममा एमालेका शीर्ष नेतामा पर्ने रावलले छोरा नितेशलाई पनि राजनीतिमा सक्रिय गराउन चाहेका थिए । तर, नितेशलाई राजनीतिमा ‘पहिलो गाँसमै ढुङगा’ जस्तो भएको छ।

एमाले कञ्चनपुर जिल्ला कमिटीमा युवा सदस्य पदका उम्मेदवार नितेश पराजित भए। उनले कुल खसेको ४७० मतमध्ये ११६ मत मात्रै ल्याउन सके।

युवा सदस्यमा बेदकोट नगरपालिका वडा नम्बर २ का अध्यक्ष नरेश सिंह सहित पाँच जना विजयी भएका छन् । सिंहले सर्वाधिक २३३ मत प्राप्त गरेका छन्।

यस्तै अनेरास्ववियु कञ्चनपुर जिल्ला अध्यक्ष कमल कुमार रोकाया २०७ मत, चन्द्रसिंह कार्की १९२, रवीन्द्र प्रसाद देवकोटा १८७ र केशव चन्द १८२ मत सहित विजयी भएका छन्।


३० पुस २०७८, शुक्रवार ०९:४८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु