Hotel Flora Long Ad

गायक चेतन बोहराको नयाँ गीत “ए कट्टी” बजारमा

लोक पप देउडा गायक चेतन बोहराको नयाँ गीत “ए कट्टी” बजारमा ल्याएका छन् । हर्क विवश खनालको उत्कृष्ट शब्दमा तयार पारिएको सो गीतमा गायक चेतन बोहराको स्वर रहेको छ ।उक्त गीतलाई कम्पोजर भने स्वयंम गीतकार हर्क विवश खनाल नै गरेका छन् भने सङ्गीत संयोजन केशव बडुले गरेका छन् ।

चेतन बोहरा युट्युब च्यालनवाट सार्वजनिक भएको गीतको म्युजिक भिडियो पनि निकै रमाइलो सँगै गाउँघरका कुना कन्धराका बस्तु विशेषलाई उठान गरेको छ ।

उक्त गीतको म्युजिक भिडियोमा गायक बोहरा आफैले अभिनय गरेका छन् भने उनलाई पशुपति खनाल र दुर्गेश जोशीले साथ दिएर अझै गीतलाई सुमधुर बनाई दिएका छन् ।

मीन रावलले सम्पादन गरेको म्युजिक भिडियोको छायाङ्कन मुकेश हुमागाईँले गरेका हुन् । गायक बोहराले केही समय अगाडी काफल गेडी बोलको गीत बजारमा ल्याएका थिए ।


२९ पुस २०७८, बिहीवार ११:३८ बजे प्रकाशित

Dhangadi Corona

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु