गजल
शीर्षक -देश लाई नाङ्गो न बनाउनु
नेपाल एक फूल को थुङ्गो बनाउनु
सक्छौ भने नेता ज्यु सिङ्गो बनाउनु
जनता तपाई बाट थकित भई सके
अब मन जितेर हजुर हलुङ्गो बनाउनु
सयौँ जाति भाषा भाषी देश हो नेपाल
सक्छौ भने सुहाउने एक लोगो बनाउनु
हजार पार्टी देश ले खोजेको हैन प्रभु
सकिन्छ भने एक पार्टी टुङ्गो बनाउनु
घर मा एक छाक टार्ने पैसा छैन गरिबको
नुन तेल दाल चिनी कैलै महँगो न बनाउनु
हेर्नू होस अरू देश को प्रगति हे सरकार
उदाहरण सिङ्गापुर , जर्मन कङ्गो बनाउनु
देश भ्रष्टाचार दलालहरूले भरि सक्यो
भोगै नेता ज्यु यो भन्दा नाङ्गो न बनाउनु
सक्छौ भने देश मा जग बसाउने गर
टुटेर जाने ,त्यो एक हाँगो न बनाउनु
सिद्धा छौ हामी नेपाली थाहा छ हजुर
बिगारेर नेता ज्यु अब बाङ्गो न बनाउनु
दीपक संगम विश्वकर्मा
टीकापुर ,कैलाली ,नेपाल
२८ पुस २०७८, बुधवार १०:०८ बजे प्रकाशित












