दुई पत्रकारलाई ज्युँदै जलाइयो

हैटीमा एक हतियारधारी समूहले दुई पत्रकारलाई ज्युँदै जलाएका छन् । ती मकाक नामक हतियारधारी समूहका सदस्यले राजधानी पोर्ट औ प्रिन्समा दुई पत्रकारलाई ज्युँदै जलाएर मारेका हुन्।

स्रोतले सीएनएन न्युजसँग बताएअनुसार हैटीमा सुरक्षा अवस्था दैनिक खस्किरहेको समाचार बनाएको आरोपमा सो समूहले दुईजना स्थानीय पत्रकारलाई एकैपटक ज्युँदै जलाएर मारेका हुन्।

मारिनेमा हैटीको मिडिया रेडियो इकोटी एफएममा कार्यरत पत्रकार जोन वेस्ली अमाडी र अर्का पत्रकार रहेको सीएनएनले जनाएको छ।


२४ पुस २०७८, शनिवार १२:५९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु