जुवाको खालबाट ११ जना पक्राउ
नवलपरासी पूर्व नवलपुरबाट प्रहरीले जुवा खेलिरहेका ११ जनालाई पक्राउ गरेको छ।कावासोती नगरपालिका-१ बिपी चोकमा तास खेलिरहेको ११ जना पक्राउ परेका छन् ।
गएराति स्थानीय चोलबहादुर कानुङको घरमा तास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले जनाएको छ।
पक्राउ पर्नेमा बुद्धि पुलामी, डम्बर सिंह लामिछाने मगर, नरेशकुमार विक, विजयकुमार रसाइली, शंकर सुनार, भीमकुमार श्रेष्ठ, कृष्णबहादुर विक, लेखबहादुर फाल, खिमबहादुर लामिछाने, विशाल मर्स्याङ्गी र हविजित यादव छन्।
उनीहरुको साथबाट ५४ हजार ५ सय ६० रुपैयाँ बरामद गरिएको कावासोतीका प्रहरी निरीक्षक सागर पन्तले जानकारी दिए। पक्राउ परेकाहरुलाई हिरासतमा राखेर प्रहरीले कारबाही प्रक्रिया अघि बढाएको छ।
२४ पुस २०७८, शनिवार १२:१५ बजे प्रकाशित












