punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कक्षा १० मा अध्ययनरत चार विद्यार्थीले बनाए विद्युतीय कार

Chaupati
safha napa

कैलालीको धनगढीमा रहेको एक्सीस विद्याश्रमका चार जना छात्रले सारअल्फा नामक विद्युतीय चार पाङ्ग्रे कार निमार्ण गरेका छन् ।एक्सीस विद्या आश्रममा अध्ययनरत विद्यार्थी ऋषिकेश थापा,रोहित ऐर,आदित्य जोशी,सक्षम रेग्मीले सो कार निमार्ण गरेका हुन् ।

कोरोनाको दोस्रो लहरमा जारी गरिएको लकडाउनमा उनीहरूले सो कार्य गर्ने निर्णय गरेका थिए । करिब चार महिना लगाएर करिब डेढ लाख लागतमा सारअल्फा नामक कार निमार्ण गरेको ऋषीकेष थापाले बताए ।

घर परिवार र विद्यालयको सहयोगबाट आफूहरूले सो कार निमार्ण गरेको उनको भनाई छ । “लकडाउनलाई सदुपयोग गरौँ भन्ने सोचले हामीले यो कार्य सुरु गरेका थियौ,” थापाले भने, “यो अवधिमा धेरै समस्या पनि आए,त्यही पनि हामीले घर परिवार र विद्यालयबाट आर्थिक सहयोग पायौ । करिब चार महिना लाग्यो बनाउन ।

अहिले पनि निमार्ण कार्य जारी छ ।”कारमा चाहिने सामाग्रीहरू विभिन्न ठाउँबाट जुटाएर कार निमार्ण गरेको उनको भनाई छ ।

कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूले पढाईसँगै आफूहरूको क्षमतालाई पनि बाहिर ल्याउने उद्देश्यले आफूहरू पढाईसँगसँगै यो क्षेत्रमा लागेको उनीहरूको भनाई छ । अहिले सो कारमा चार वटा व्यट्रीको प्रयोग गरिएको छ ।


११ पुस २०७८, आइतवार १२:२६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु