punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सबै प्रदेशमा सिरिञ्ज पठाउने सरकारको तयारी

Chaupati
safha napa

सरकारले सबै प्रदेशमा सिरिञ्ज पठाउने तयारी गरेको छ । हिजो कोलकाताबाट पथलैया हुँदै ५० लाख सिरिञ्ज नेपाल आइपुगेको हो ।यो सिरिञ्ज युनिसेफको सहयोगमा आएको हो ।

अब सबै प्रदेशमा पठाइने स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखाका प्रमुख डा.सुरेन्द्र चौरसियाले जानकारी दिए । सरकारसँग केन्द्र र प्रदेशमा गरेर एक करोड १८ लाख डोज खोप भण्डारणमा रहेको छ । तर देशका कतिपय ठाउँमा सिरिञ्जको अभावका कारण खोप कार्यक्रम प्रभावित भएको थियो ।

सिरिञ्ज अभावमा प्रदेश-१ का सुनसरी, झापा र मोरङ बाहेकका ठाउँमा खोप अभियान नै प्रभावित बनेको थियो । प्रदेशको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र विराटनगरमा ३ लाख १२ हजार डोज भेरोसेल खोप मौज्दात छ । तर सिरिञ्ज आइसकेको र पठाएपछि खोप कार्यक्रम नियमित हुने डा.चौरासियाले बताए ।


१० पुस २०७८, शनिवार ०८:४५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु