punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै

Chaupati
safha napa

नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट नवनिर्वाचित केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ। बैठक दिउँसो करिब १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने तय भएको छ।शनिबार बिहान ११ बजेदेखि निर्वाचित पदाधिकारी एवं सदस्यलाई ‘निर्वाचित भएको प्रमाणपत्र’ वितरण गरेलगत्तै केन्द्रीय समिति बैठक बस्ने पार्टी कार्यालयका सचिव केशव रिजालले जानकारी दिए।

गत मंसिर २४ देखि २८ गतेसम्म सम्पन्न महाधिवेशनअन्तर्गत भएको निर्वाचनबाट केन्द्रीय कार्यसमितिका १३४ पदाधिकारी र सदस्य निर्वाचित भएका छ्। यसबाहेक नयाँ विधानअनुसार केन्द्रीय सभापतिले ३३ जना मनोनीत गर्न बाँकी छ।

निर्वाचितभएको प्रमाण पत्र वितरणका लागि सबै पदाधिकारी र सदस्यलाई खबर गरिसकिएको र उक्त कार्यक्रमपछि पार्टी कार्यालयको ठूलो हलमा नै केन्द्रीय कार्यसमिति बैठक बस्ने रिजालले बताए।

बैठकमा सभापति शेरबहादुर देउवाले सबैलाई धन्यवाद दिने, स्वागत गर्ने, निर्वाचन आयोगमा दल दर्ताका लागि निर्णय गर्नेलगायतको कार्यसूची रहेको बताइएको छ। कांग्रेसले बैठकको निर्णयसहित आज नै आयोगमा राष्ट्रियसभा सदस्य निर्वाचन प्रयोजनका लागि दल दर्ताको निवेदन दिने सचिव रिजालले बताए।

 


१० पुस २०७८, शनिवार ०८:२३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु