punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सहिद स्मारक ‘ए’ डिभिजन लिगमा छैटौँ चरणको खेल आजदेखि

Chaupati
safha napa

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आजदेखि छैटौँ चरणको खेल सुरु हुँदैछ ।आज दुई वटा खेल हुँदैछन् । काठमाण्डौको त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा पहिलो खेलमा एपीएफ क्लब र न्युरोड टिम एनआरटी खेल्दैछन् ।

खेल दिउँसो एक बजेदेखि सुरु हुनेछ । एपीएफ ५ खेलमा ४ अङ्क जोडेर ११ औँ स्थानमा छ ।एनआरटी ५ खेलमा ६ अङ्क जोडेर सातौँ स्थानमा छ । दोस्रो खेलमा बेलुका पौने पाँच बजे नेपाल पुलिस क्लब र फ्रेन्ड्स क्लब खेल्दैछन् ।

पुलिस ५ खेलमा ५ अङ्क जोडेर दशौँ स्थानमा छ । फ्रेन्ड्स ५ खेलमा २ अङ्क जोडेर पुछारमा छ । लिगमा १४ टोली सहभागी छन् ।


९ पुस २०७८, शुक्रवार ०९:४७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु