punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

भारतमा विस्फोट : दुईजनाको मृत्यु भएको

Chaupati
safha napa

भारतको पञ्जाब प्रान्तको लुधियाना शहरमा अवस्थित अदालतभित्र बम विस्फोट भएको छ। विस्फोटमा दुईजनाको मृत्यु भएको बताइएको छ भने कैयौँ व्यक्ति घाइते भएका छन्।

अदालत परिसरको दोस्रो तलामा विस्फोट भएको हो। विस्फोटबाट अदालत भवनको भित्ता भत्किएको छ।

अदालत परिसरको शौचालयमा विस्फोट भएको थियो। बिहीबार दिउँसो स्थानीय समय साढे १२ बजेर विस्फोट भएको थियो। विस्फोटपछि अदालत परिसरमा अस्तव्यस्त भएको थियो।

विस्फोट कसले गराएको भन्ने बारेमा केही खुलाइएको छैन। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

चुनावअघि पञ्जाबमा अपहरणका घटनामा वृद्धि भएको र अहिले उक्त विस्फोटलाई वातावरण बिगार्ने प्रयासका रूपमा हेरिएको छ।


८ पुस २०७८, बिहीवार १५:२७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु